नेपालको शानदार जित : जिम्बावे ए ९ विकेटले पराजित
२४ वैशाख, काठमाडौं । बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गरेको नेपालले जिम्बावे ए लाई ९ विकेटले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा सम्पन्न जिम्बावे ए सँगको दोस्रो एक दिवसीय खेलमा टस जितेर पहिला बलिङ गरेको नेपालले जिम्बावे ए लाई ३१.५ ओभरमा अलआउट गराएको थियो ।
पहिला ब्याटिङ गरेको जिम्बावेले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो ।
जिम्बावे ए ले दिएको लक्ष्य नेपाले ११।२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।
नेपालका लागि सुनिल धमलाले सर्वाधिक ३८ रनको योगदान गरे । उनले ३८ बल खेल्दै ६ चौका प्रहार गरे ।
यस्तै, आसिफ शेखले ३४ बलमा ६ चौकासहित ३४ रनको अविजित इनिङ खेले । उनले पहिलो विकेटका लागि सुनिलसँग ७९ रनको साझेदारी गरेका थिए ।
विनोद भण्डारी ४ रनमा अविजित रहे ।
जिम्बावे ए का बलर ब्रान्डन माभुटाले एक विकेट लिए ।
यसअघि, पहिलो बलमै ओपनर इन्नोसेन्ट कियालाई गुमाएको जिम्बावेका लागि जोनाथान काम्पवेलले सर्वाधिक २७ रन, ब्राड इभान्स २० र चेफास जुवावो १० बाहेक कुनै पनि ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।
नेपालको बलिङमा करण केसी र सोमपाल कामीले सर्वाधिक तीन तीन विकेट लिए । भने, सागर ढकाल १ र कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।
पहिलो खेलमा नेपाल जिम्बावे ए सँग तीन विकेटले पराजित भएको थियो ।
तीन खेलको एक दिवसीय श्रृङखलको अन्तिम खेलमा नेपालले सोमबार जिम्बावेको सामना गर्नेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply