मनाङका सबै स्थानीय तहको नतिजा सार्वजनिकः एमाले र कांग्रेसले २-२ तह जिते
३१ वैशाख, काठमाडौं । चार वटा गाउँपालिका रहेको मनाङमा सबै स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले दुई-दुई गाउँपालिका अध्यक्षमा विजयी भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेसबाट जिल्लाको नार्पा भूमि गाउँपालिका अध्यक्षमा कोन्जो तेन्जिङ लामा १५८ मत ल्याएर विजयी भएका छन् । नासों गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै धनबहादुर गुरुङ ८२० मतले निर्वाचित भएका छन् ।
एमालेबाट चामे गाउँपालिकाको अध्यक्षमा लोकेन्द्रबहादुर घले ३३० मत ल्याएर विजयी भएका छन् । मनाङ ङिस्याङ गाउपालिकाको अध्यक्षमा एमालेकै कान्छा घले ८६१ मत ल्याएर विजयी भएका हुन् ।
चार गाउँपालिकाको उपाध्यक्षमा प्रमुख तीन पार्टीका एक-एक जना निर्वाचित भएका छन् । बाँकी एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । जिल्लाको चामे गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका मिङमार ढोमा लामा ३३५ मत ल्याएर विजयी भएका छन् । नासों गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका बेदबहादुर गुरुङ ९१३ मत ल्याएर विजयी भए ।
यस्तै मनाङ ङिस्याङ गाउपालिकाको उपाध्यक्षमा स्वतन्त्रबाट छिरिङ गुरुङ ७४४ मत ल्याएर विजयी भएका छन् । नार्पा भूमि गाउँपालिकाको उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा निर्विरोध निर्वाचित भएका हुन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply