बझाङको थलरा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी
बझाङ । बझाङको थलरा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त नतिजाअनुसार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । जिल्ला निर्वाचन अधिकृत विमलप्रसाद गौतमले दिएको जानकारी अनुसार गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा निर्वाचित एमालेका प्रकाश रोकायाले २,७७४ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २,११३ मत ल्याए । सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार विनोद थापाले १,२०३ मत पाएका छन् ।
उपाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका राम खाती विजयी भए । उनले ३,१५० मत प्राप्त गरे । उनका निटकतम प्रतिस्पर्धी एमालेकी मीरा रावलले २,५८७ मत ल्याएको गौतमले जानकारी दिए । वडातर्फ एमालेले तीन, नेकपा (माओवादी केन्द्र) ले दुई, कांग्रेसले दुई र एकीकृत समाजवादीले एउटा वडा जितेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply