५ जेष्ठ २०७९, बिहीबार ०२:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बनेपाको नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
५ जेठ, काठमाडौं । काभ्रेको बनेपा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
नगरप्रमुखमा कांग्रेसका शान्तिरत्न शाक्य १३ हजार ७९३ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रत्न कुश रञ्जितकारले ११ हजार ८३५ मत पाए । राप्रपाका उम्मेदवार रेमण्ड कर्माचार्यले ८७६ मत पाए ।
नगर उपप्रमुखमा नेकपा एमालेकी विमला सापकोटा दाहाल विजयी भइन् । उनले नेकपा एकीकृत समाजवादीका उम्मेदवार रगुबर प्रधानलाई १ हजार ४७७ मत अन्तरले हराइन् । सापकोटाले ११ हजार ९९२ मत पाउँदा प्रधानको पक्षमा १० हजार ५१५ मत परेको छ ।
राप्रपाका रुपा विष्टले ८३८, जसपाका प्रिष्टा प्रजापतिले २६८ र नेमकिपाका कान्ति अवाले १६८ मत पाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply