एमालेको जनमत यथावत छ : उपमहासचिव ज्ञवाली
५ जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको बताएका छन् ।
बिहीबार संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेको जनमत यथावत रहेको बताएका हुन् । अन्य पार्टीसँग थोरै मत अन्तर रहेका ठाउँहरुमा गठबन्धनका कारण आफूहरुले पराजय भोगेको ज्ञवालीको टिप्पणी छ ।
हामी समग्र देशैभरिको तथ्यहरु संकलन गरिरहेका छौँ । हाम्रो समग्र जनमत यथावत छ । तर अब पाँच सय, एक हजारको प्रतिस्पर्धामा रहेका ठाउँहरुमा एउटा अर्को पार्टी थपिनेबित्तिकै त्यसले परिणाममा त फरक पार्ने भो । हाम्रो जुन औसत जनमत हो, लोकप्रिय मत नेकपा एमालेले करिब–करिब ४८ सालको निर्वाचनदेखि नै त्यो मतमा चाहिँ प्रारम्भिक ट्रेन्डहरु हेर्दा हाम्रो जनमतमा तलमाथि भएको म देख्दिनँ’ उनले भने ।
उपमहासचिव ज्ञवालीले कतै कतै पार्टीको आन्तरिक कारणहरुले पनि पार्टीले हारेको भन्दै त्यसको समीक्षा गरिने बताए । उपमहासचिव ज्ञवालीले संसदको यस अधिवेशनमा संवेदनशील खालका विधेयकहरु टुंग्याउनुपर्ने र त्यसमा एमालेको सहयोग हुने बताए ।
‘सरकारले विधेयक ल्यायो भने पास हाम्रो सहयोग चाहेमा हामीसँग परामर्श हुनुपर्यो । मुख्यमुख्य र संवेदनशील खालका विधेयकहरु छिटो टुंगो हुन भन्ने चाहान्छौँ । त्यसमा हाम्रो रचनात्मक सहयोग रहन्छ’ उनले भने ।
उपमहासचिव ज्ञवालीले नेकपा एकीकृत समाजवादीलाई सभामुख र अदालतले बचाइदिएको भए पनि जनताले नबचाइदिएको टिप्पणी गरे ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
Leave a Reply