६८५ पालिकाको मत परिणाम : कांग्रेस ३०४, एमाले १८६ र माओवादी केन्द्र ११७ वटामा विजयी
७ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना अझै जारी छ । अहिलेसम्म ६८५ पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २३९ नगरपालिका र ४४६ गाउँपालिका गरी ६८५ पालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।
नेपाली कांग्रेस
नेपाली कांग्रेसले मेयर १२० र अध्यक्षमा १८४ गरी ३०४ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा ९२ र उपाध्यक्ष १८७ गरी २७९ ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ ।
नेकपा एमाले
नेकपा एमाले दोस्रो स्थानमा छ । उसले मेयरमा ६६ र अध्यक्षमा १२० गरी १८६ पालिकामा जितेको छ । एमालेले उपमेयर ८८ र उपाध्यक्ष १२१ गरी २०९ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।
माओवादी केन्द्र
माओवादी केन्द्रले मेयर २१ र अध्यक्ष ९६ गरी ११७ पालिकामा प्रमुख तथा उपमेयर ३० र उपाध्यक्ष ९३ गरी १२३ पालिकामा उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।
स्वतन्त्र र अरु दल
एकीकृत समाजवादीले ९ पालिकामा मेयर, जसपाले १९ पालिकामा अध्यक्ष तथा स्वतन्त्र र अन्य दलले अहिलेसम्म ५० वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका निर्वाचन आयोगको विवरण छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply