तुलसीपुरमा एमाले उम्मेदवारले लिए अग्रता
७ जेठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार टीकाराम खड्काले अग्रता लिएका छन् ।
३१ हजार १५८ मत गणना हुँदा एमालेका खड्काले १३ हजार ५४ मत र गठबन्धनका गिरीले १२ हजार ५६७ मत ल्याएका छन् । एमालेका खड्का कांग्रेसका गिरीभन्दा ४८७ मतले अघि छन् । खड्काले मत अन्तर बढाउँदै लगेका छन् । त्यसअघि गिरी र खड्काबीच कडा प्रतिस्पर्धा थियो । दुवै झिनो मतअन्तरले अगाडि–पछाडी थिए ।
उपमेयरमा भने एमालेकी स्यानी चौधरीले सुरुवाती अग्रतालाई कायम गर्दै आएकी छन् । उनले नेकपा एकीकृत समाजवादीकी उम्मेदवारलाई फराकिलो मतले पछि पारेकी छन् ।
चौधरीले १२ हजार २८५ मत ल्याएकी छन् भने एकीकृत समाजवादीका जोगबहादुर रानाले ९ हजार ५७४ मत ल्याएका छन् । एमालेकी चौधरी गठबन्धनका राना भन्दा २ हजार ११ मतले अगाडी छिन् ।
तुलसीपुरमा सत्तारुढ गठबन्धनको सहमति अनुसार मेयरको उम्मेदवार कांग्रेसले र उपमेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले लिएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply