बेपत्ता जहाज भेटिएको छैन, खराब मौसमले खोजीमा समस्या भइरहेको छ : प्राधिकरण
![बेपत्ता जहाज भेटिएको छैन, खराब मौसमले खोजीमा समस्या भइरहेको छ : प्राधिकरण बेपत्ता जहाज भेटिएको छैन, खराब मौसमले खोजीमा समस्या भइरहेको छ : प्राधिकरण](https://ebudhabar.com/wp-content/uploads/2022/05/tara-airline.jpg)
१५ जेठ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण सम्पर्कविहीन तारा एयरको जहाज खोजीमा कठिनाइ भइरहेको बताएको छ । प्राधिकरणका अनुसार विमानको अवस्थाको बारेमा खोजतलासका लागि फिस्टेल एयरको हेलिकोप्टरलाई त्यसतर्फ पठाइएकोमा प्रतिकूल मौसमको कारणले उक्त हेलिकप्टर पुनः जोमसोम नै फर्किएको जानकारी दिएको छ ।
काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा खोज तथा उद्धार कार्यको लागि थप हेलिकप्टरहरु स्ट्यान्डबाई रुपमा रहेकोले मौसममा सुधार आउना साथ हवाइमार्गबाट खोज कार्य पुनः थालिने खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।
प्राधिकरणले जेठ १५ गते पोखराबाट स्थानीय समयअनुसार बिहान ०९ः५५ बजे जोमसोमको लागि १९ जना यात्रु र तीन जना चालक दलका सदस्यसहित उडेको तारा एयर प्रालिको ट्विनअट्टर ९एनइएटी विमान अन्तिम पटक जोमसोम टावरसँग १०ः०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएर त्यसपछि उक्त विमान सम्पर्कविहीन भएको हो ।
स्थलमार्गबाट खोजी कार्य गर्न नेपाली सेना र नेपाल प्रहरी समेत त्यसतर्फ प्रस्थान गरिसकेको प्राधिकरण अन्तर्गतको खोज तथा उद्धार केन्द्रले जानकारी दिएको छ । सरकारको जहाजको खोजीमा सहयोग गर्न स्थानीय नागरिकलाई समेत आग्रह गरेको छ ।
सम्बन्धित समाचार
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply