जहाज दुर्घटनास्थलबाट शेरचनले भने- कोही जीवित भेटेनौं
१६ जेठ, काठमाडौं । तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका छन् ।
टेलिफोन सम्पर्कमा आएका उनले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको बताए ।
उनका अनुसार पाइलटको मोबाइल फोन लोकसेन र विमानको जिपीएसको आधारमा त्यसक्षेत्रमा दुर्घटनाग्रस्त विमानको खोजी भइरहेको थियो । तर आइतबार अन्धकारका कारण खोजी सम्भव नभएको भन्दै नेपाली सेनाको खोजी तथा उद्धार टोली जोमसोम फर्किएको थियो । म, सुमित गौचन भन्ने भाइ र नेपाल प्रहरीका एकजना इन्स्पेक्टर यार्सागुम्बा खोज्ने किसानसँगै राति यहीँ बसेका थियौं, उनले भने, बिहान माथि गएका किसानले देखेपछि खबर गरेका थिए, हामी त्यहाँ पुगेर प्रहरीलाई खबर गरेका हौं ।
त्यही आधारमा भर्खरै नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत घटनास्थलमा पुगेको उनले बताए । शवहरु जलेको अवस्थामा छैनन्, क्षतविक्षत भए पनि अनुहार चिन्न सकिने अवस्थामा छ, उनले थपे, यो गत २८ कात्तिकमा हिमपहिरो गएको मानापाथी हिमालको फेदीमा सानोशेरे भन्ने स्थान हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply