ताराको विमान दुर्घटना : एकै परिवारका सात जनाको मृत्यु
१६ जेठ, धनुषा । आइतबार भएको तारा एयरको विमान दुर्घटनामा धनुषाका एकै परिवारका सात जनाको ज्यान गएको छ । धनुषाको मिथिला नगरपालिका-११ लोटा टोल बस्ने राजनकुमार गोेलेसहित सात जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा एकीकृत समाजवादी पार्टीका धनुषा जिल्ला सदस्य राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ छन् । मृतकमध्ये पुरुषोत्तम तामाङ र तुलसादेवी काठमाडौंमा बस्दै आएका थिए । उनीहरू चुनावका लागि गाउँ आएका थिए ।
चुनाव सकिएपछि राजनकुमार परिवारसहित शुक्रबार नै गाउँबाट पोखराका लागि निस्केका थिए । शनिबार दिनभरि पोखरामा बिताएका उनीहरू आइतबार बिहान मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले पोखराबाट मुस्ताङको जोमसोमका लागि तारा एयरको विमान चढेका थिए । मृतक राजनका बहिनी ज्वाइँ मदन लामाका अनुसार उनीहरूले घरबाटै मुक्तिनाथको दर्शन गर्ने योजना बनाएका थिए । घरमा श्रीमती र छोराछोरीलाई फर्केर आउँछु भन्दै गएका गोलेसहितका परिवारका सदस्य कहिले नफर्किने गरी बिदा भए ।
एउटै परिवारका सात जनाको मृत्युको खबरले पूरै गाउँ शोकमा डुबेको छ । घटनाको खबर पाए लगत्तै आफूहरु स्तब्ध भएको मिथिला नगरपालिका- ११ का वडाध्यक्ष वेदबहादुर कार्कीले बताए । यसैबीच, घटनाको जानकारी पाए लगत्तै मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो मृतकका परिवारलाई भेट्न पुगेका छन् । मन्त्री महतो संघीय मन्त्री हुँदा मृतक राजन उनका स्वकीय सचिव थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply