यौन दुर्व्यवहारको आरोपमा सर्वनाम शिक्षालयका होस्टल वार्डेन पक्राउ
२१ जेठ, काठमाडौं । छात्राहरुमाथि यौन दुर्व्यवहारको आरोप लागेका काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेत पक्राउ परेका छन् । उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वयमा रामेछापबाट पक्राउ गरेको हो ।
बस्नेतलाई काठमाडौं ल्याउँदै गरिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
सर्वनाम शिक्षालयका छात्राहरुले वार्डेन बस्नेतले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् । यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि शनिबार अभिभावकहरु होस्टल पुगेका थिए । उनीहरुले होस्टलमा नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका थिए ।
होस्टलमा प्रहरी पुग्दा बस्नेतलाई फेला पार्न सकेको थिएन । प्रहरीले अनुसन्धानका लागि शिक्षालयका प्रिन्सिपल दुर्गानाथ शिवाकोटी उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply