माओवादीले पार्टी सदस्यबाट एक महिनामा आठ करोड उठाउने
२२ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले काठमाडौंको कोटेश्वरस्थित केन्द्रीय कार्यालय रहेको जग्गा किन्न र पार्टी कार्यालय व्यवस्थित गर्न प्रत्येक सदस्यबाट १०० रुपैयाँ उठाउने भएको छ । आइतबार बिहान बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो ।
माओवादीको केन्द्रीय कार्यालय रहेको जग्गा नै किन्ने र कार्यालय व्यवस्थित गर्ने योजनाअनुसार रकम संकलन गर्न लागिएको हो । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको बैठकमा सहभागी नेता खगराज भट्टका अनुसार एक महिनाभित्र प्रत्येक सदस्यले न्यूनतम १०० रुपैयाँ पार्टीलाई बुझाउनु पर्नेछ । पार्टी कार्यालय भवन विस्तार तथा व्यवस्थापन गर्न एक पटक सबै सदस्यहरुसँग रकम संकलन गर्ने निणर्य भएको पूर्व स्थायी समिति सदस्य गणेश शाहले बताए ।
आठ लाख सदस्यबाट एक महिनाभित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निणर्य भएको छ, शाहले भने, यो एक पटक मात्रै रकम संकलन गरिन लागिएको हो ।’ बैठकमा भातृ संगठन अखिल क्रान्तिकारीमा देखिएको विवादबारे पनि छलफल भएको थियो ।
‘अखिलमा देखिएको विवादबारे दुई पक्षबीच बसेर छलफल गर्ने भनिएको छ, पूर्व स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने, ‘छलफल गरेर चाँडोभन्दा चाँडो समाधान गर्नेगरी केहीबेर छलफल भयो ।’
अखिल क्रान्तिकारीको अक्ष्यक्षमा पञ्चा सिंहलाई अध्यक्ष र महासचिवमा दिपेश पुनको नाम घोषणा भएदेखि नै असन्तुष्ट पक्षले विरोध गर्दै आएको थियो । विवाद चुलिएसँगै असन्तुष्ट पक्षले प्रचण्डको फोटो राखेर समानान्तर कार्यक्रम नै आयोजना गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply