३० जेष्ठ २०७९, सोमबार १४:१०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आईजीपी नियुक्तिविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा, अर्को सुनवाइ असार ५ गते
३० जेठ, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा राखिएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।
वैशाख १८ गते मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि वरिष्ठता मिचेको भन्दै १६ महिना सिनियर एआईजी विश्वराज पोखरेल सर्वोच्च पुगेका थिए । उक्त रिटमा वैशाख २२, जेठ १७ गरी दुई पटक सुनुवाइ भइसकेको छ ।
अन्तिम सुनुवाइका लागि आज को मिति तोकिएको थियो । मुद्दा हेर्दाहेर्दैमा राखेपछि अब इजलास परिवर्तन नगरी मुद्दाको सुनुवाइ हुने भएको छ । अर्को सुनवाइका लागि असार ५ गतेको मिति तोकिएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply