एमालेले सातै प्रदेशमा पार्टी अनुशासनबारे प्रशिक्षण दिने
३१ जेठ,काठमाडौं । नेकपा (एमाले) ले सात वटै प्रदेशमा पार्र्टीे अनुशासनकाबारेमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय अनुशासन आयोगको बैठकले सो निर्णय गरेको हो ।
सातै प्रदेशमा अनुशासनसँग सम्बन्धित विषयवस्तु, पार्र्टीे सिद्धान्त, कार्यक्रम र कार्यनीतिका बारेमा आगामी साउन महिनाको दोस्रो हप्तादेखि चौंथो हप्तासम्म सक्ने गरी सो प्रशिक्षण कार्यक्रम राख्ने निर्णय गरेको आयोगले जनाएको छ । पार्टीभित्र देखापरेका अनुशासनहिनतालाई वैचारिक रुपमा परास्त गर्ने उद्देश्यका साथ प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय लिइएको आयोगका अध्यक्ष केशव बडालले बताउनुभयो । बैठकले पार्टीको सिद्धान्त, मूल्यमान्यता र अनुशासन विपरितका कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
बैठकले उमानाथ ओली, प्रदिप प्याकुरेल, लालमणि चौधरी, दिपक देवकोटा र पूर्णशोभा चित्रकारलाई आयोगको सदस्य थप गर्ने निर्णय पनि गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply