आईजीपी नियुक्तिविरुद्ध रिटमा आज सुनुवाइ
५ असार,काठमाडौँ । आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । सरकारले वैशाख १८ गते धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निणर्य गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा दायर गरेको रिटमा जेठ ३० गतेबाट अन्तिम सुनुवाइ शुरु भएको हो । उक्त दिन बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुनेछ । बहस गर्ने अधिवक्ता धेरै हुँदा आज पनि फैसला हुने सम्भावना कम रहेको स्रोतले बताएको छ ।
यसअघि ३० गते तीन डीआईजीको तर्फबाट भने बहस सकिएको छ । यो रिट पनि लगाउमा राखिएकाले सँगै फैसला हुनेछ । सरकारले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च पुगेका हुन् । सँगै भर्ना भए पनि पोखरेल सिंहभन्दा १७ महिना पहिले एआईजी भएका थिए ।
सिंहलाई आईजीपी स्वीकार्न नसक्ने भन्दै अहिले बिदा अस्वीकृत भए पनि कार्यालयमा हाजिर भएका छैनन् । २४ गते नै उनको बिदा सकिएको हो । वैशाख १९ देखि बिदामा थिए । बिदा माग गरे पनि सिंहले नदिएर हाजिर हुन निर्देशन दिएपछि पोखरेलले बिदा मागेको प्रमाण पनि मिसिलमा संलग्न गराएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply