प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुने
६ असार, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत हुने संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक, २०७९-संसदमा प्रस्तुत गर्नेछन् ।
यस्तै ‘आर्थिक विधेयक, २०७९’ माथि छलफल तथा पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले संसदमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । आजको बैठकमा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ माथि छलफल हुनेछ । सो विधेयक पारितका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्नेछन् । यस्तै ‘ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९’ पारित गर्नका लागि अर्थमन्त्री शर्माले प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply