मनोज पाण्डेलाई थुनामा पठाउन अदालतको आदेश
६ असार, काठमाडौं । आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताकी प्रतिष्पर्धीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका मनोज पाण्डेलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
उनलाई डिल्लीबजार कारागार पठाइएको उनले बताए । न्यायाधीश प्रकाश ढुंगानाको इजलासले पाण्डे संलग्न बाल यौन दुरुपयोगको कसूरमा चाहिँ पाण्डेलाई एक लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ ।
गत ४ जेठमा घटनाका पीडितले सामाजिक सञ्जाल टिकटकमार्फत २० वटा भिडियो क्लीप सार्वज्निक गर्दै आफूमाथि पाण्डेले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन् । पाण्डेले ‘सक्सेस पार्टी’ नाममा बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको उनको भनाइ थियो ।
‘वेलकम ड्रिंक भनेर दिएको लेमनेड खानेवित्तिकै म लठ्ठिएँ, त्यसपछि घर जान खोज्न पनि दिइएन’ पीडितले बयानका क्रममा भनेकी छन्, आराम गर्न भन्दै मलाई एउटा कोठामा बस्न भनिएको थियो, त्यहाँ आराम गरेको मैले बिहान एकैपटक आफूलाई नग्न अवस्थामा पाएको थिएँ ।
आफ्नो नग्न तस्वीर खिचेको भन्दै त्रासमा राखेका कारण घटनाबारे त्यसबेला बोल्न नसकेको उनको भनाइ थियो । घटनाबारे तत्कालीन कोरियोग्राफर एवं पूर्वमिस नेपाल माल्भिका सुब्बा लगायतलाई बताए पनि राम्रो साथ नपाएको उनको आरोप थियो ।
हदम्यादका कारण जबरजस्ती करणीको कसूरमा अनुसन्धान गर्न जटिलता सिर्जना भएपछि देशव्यापीरुपमा पीडितको पक्षमा प्रदर्शन भएको थियो । यही घटनाका सडकदेखि सदनसम्म जबरजस्ती करणीको कसूरमा हदम्याद हटाउन आवाज उठेको थियो ।
पीडितको पक्षमा आन्दोलन चर्किन थालेपछि प्रहरी मानवबेचिबखन तथा ओसारपसार सम्बन्धी कसूरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply