राजनीतिक आन्दोलनमा हिंसा रोजाइको औचित्य पुष्टि हुँदैन : ओली

७ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनमा हिंसाको रोजाइको औचित्य पुष्टि नहुने बताएका छन् ।
आज काठमाडौंमा पूर्व राजदूतहरूको समूहले नेपालको परराष्ट्र मामिलाबारे गरेको अन्तरक्रियामा ओलीले कानुनी र शान्तिपूणर् रूपमा नै आन्दोलनलाई अगाडि बढाउन सक्ने बाटो हुँदाहुँदै हिंसा रोज्नु गलत भएको बताएका हुन् ।
राणा शासन र निरंकुश राजतन्त्रविरुद्ध गरिएका आन्दोलनमा हिंसा जायज भए पनि त्यसपछि भएका आन्दोलनमा भएका हिंसाको औचित्य पुष्टि नभएको ओलीले बताएका छन् । विशेष गरी १० वर्षे माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमाथि प्रश्न उठाउँदै ओलीले भने, राणा शासनका विरुद्ध र निरंकुश राजतन्त्र र पञ्चायती शासनविरुद्ध फोर्सफुल्ली ब्यारियर खडा गरिएकाले शान्तिपूणर् र संवैधानिक तवरले आन्दोलन सम्भव थिएन । त्यसपछि भएका हिंसात्मक आन्दोलनको भने औचित्य न्यायोचित रूपमा पुष्टि हुन नसकेको उनले बताए ।
माओवादी युद्धप्रति इशारा गर्दै ओलीले भने, त्यो हिंसा गणतन्त्रका लागि थियो भने गणतन्त्र आउनुपूर्व नै २०६३ मा टुंगियो, गणतन्त्रका लागि थियो भन्ने हो भने कसैले पनि यो मितिमा गणतन्त्र दिन्छु त भनेको थिएन । त्यसैले त्यो कसका लागि थियो । कोबाट प्रेरित थियो भन्ने अहिलेसम्म पनि पुष्टि हुन सकेको छैन ।
सम्बन्धित समाचार
-
बाजुराको बुढीगंगामा आज पुनः मतदान हुँदै
-
प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर २ गते गर्न सिफारिस
-
अर्थमन्त्री शर्माले दिए राजीनामा
-
अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति
-
संसद बैठक २ बजेसम्मका लागि स्थगित
-
बजेट प्रकरणमा मुछिएका अर्थ सचिव मरासिनी बिदामा
-
अर्थमन्त्रीका विषयमा माओवादीले एमालेसँग छलफल गर्ने
-
मंसिर २ मा संसदीय निर्वाचन गर्न आयोगको प्रस्ताव
-
नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय
-
परिवारै सखाप पार्ने मादी घटना : चारजनालाई आजीवन कैदको फैसला
-
रामेछाप बस दुर्घटना : थप तीनको मृत्यु, मृत्तकको संख्या १२ पुग्यो
-
गठबन्धन सरकारले आर्थिक संकट पैदा गर्यो : महासचिव पोखरेल
Leave a Reply