सरकारको चेतावनी : हवाइ सेवा बन्द गर्न पाइँदैन भन्ने नबिर्सौ

७ असार, काठमाडौँ । सरकारले हवाइ उडान नरोक्न वायुसेवा कम्पनीहरुलाई चेतावनी दिएको छ । वायुसेवा सञ्चालक संघले बुधबारदेखि उडान रोक्ने निणर्य गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गरेर उडान नरोक्न चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, यहाँ धाकधम्की चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले नियमको कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।
सरकारले वायुसेवा कम्पनीलाई आफ्ना जहाजको रात्रि बिसौनी काठमाडौँ बाहिरका विमानस्थलमा बनाउन अनिवार्य गरिएपछि वायुसेवा कम्पनीले उडान रोक्ने निणर्य गरेका हुन् ।
वायुसेवा सञ्चालक संघ नेपालले पत्रकार सम्मेलन गर्दै भोलिदेखि आकस्मिकसहित हेलिकप्टर र विमान कम्पनीका नियमित उडान बन्द गर्ने बताएको केहीबेरमै प्राधिकरणले पत्रकार सम्मेलन गरी उडान रोक्न नपाउने बताएको हो ।
आन्तरिक उडान गर्दै आएका हवाइजहाज तथा हेलि कम्पनीहरुको संस्था संघले ५ बुँदे माग अघि सार्दै पूरा नगरे भोलिदेखि सेवा स्थगित गर्ने बताएको छ ।
अघि सारिएका मागहरुमा विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिङ्ग, पार्किङ्ग, नेभिगेशन लगायतका सम्पूर्ण शुल्क बृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नुपर्ने, त्रिअवि विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङरलगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने रहेका छन् ।
सम्बन्धित समाचार
-
बाजुराको बुढीगंगामा आज पुनः मतदान हुँदै
-
प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर २ गते गर्न सिफारिस
-
दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि
-
अर्थमन्त्री शर्माले दिए राजीनामा
-
अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति
-
संसद बैठक २ बजेसम्मका लागि स्थगित
-
बजेट प्रकरणमा मुछिएका अर्थ सचिव मरासिनी बिदामा
-
अर्थमन्त्रीका विषयमा माओवादीले एमालेसँग छलफल गर्ने
-
मंसिर २ मा संसदीय निर्वाचन गर्न आयोगको प्रस्ताव
-
नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय
-
परिवारै सखाप पार्ने मादी घटना : चारजनालाई आजीवन कैदको फैसला
-
रामेछाप बस दुर्घटना : थप तीनको मृत्यु, मृत्तकको संख्या १२ पुग्यो
Leave a Reply