सरकारको चेतावनी : हवाइ सेवा बन्द गर्न पाइँदैन भन्ने नबिर्सौ
७ असार, काठमाडौँ । सरकारले हवाइ उडान नरोक्न वायुसेवा कम्पनीहरुलाई चेतावनी दिएको छ । वायुसेवा सञ्चालक संघले बुधबारदेखि उडान रोक्ने निणर्य गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गरेर उडान नरोक्न चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, यहाँ धाकधम्की चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले नियमको कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।
सरकारले वायुसेवा कम्पनीलाई आफ्ना जहाजको रात्रि बिसौनी काठमाडौँ बाहिरका विमानस्थलमा बनाउन अनिवार्य गरिएपछि वायुसेवा कम्पनीले उडान रोक्ने निणर्य गरेका हुन् ।
वायुसेवा सञ्चालक संघ नेपालले पत्रकार सम्मेलन गर्दै भोलिदेखि आकस्मिकसहित हेलिकप्टर र विमान कम्पनीका नियमित उडान बन्द गर्ने बताएको केहीबेरमै प्राधिकरणले पत्रकार सम्मेलन गरी उडान रोक्न नपाउने बताएको हो ।
आन्तरिक उडान गर्दै आएका हवाइजहाज तथा हेलि कम्पनीहरुको संस्था संघले ५ बुँदे माग अघि सार्दै पूरा नगरे भोलिदेखि सेवा स्थगित गर्ने बताएको छ ।
अघि सारिएका मागहरुमा विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिङ्ग, पार्किङ्ग, नेभिगेशन लगायतका सम्पूर्ण शुल्क बृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नुपर्ने, त्रिअवि विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङरलगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने रहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply