आजदेखि सबै आन्तरिक उडान नियमित

८ असार, काठमाडौं । वायुसेवा सञ्चालकले आजदेखि सबै आन्तरिक उडान नियमित गर्ने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गएराति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने भएका हुन्। वायुसेवा सञ्चालक सङ्घले आज बिहान ११ बजेपछि सबै उडान सञ्चालन गर्ने जनाएको छ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गर्दै वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गर्ने बताए।
उनले भने, जहाजको बेस व्यवस्थापन निर्देशनको पालना गर्नु वायुसेवा सञ्चालकको कर्तव्य हो, अटेर गरे कानुनबमोजिम प्रस्तुत हुन्छौँ।
मङ्गलबार प्राधिकरणले जारी गरेको जहाजको बेस व्यवस्थापन निर्देशनविरुद्ध वायुसेवा सञ्चालकहरूले आन्दोलन गर्ने चेतावनी दिएका थिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको बैठकले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ त्यहीबाटै पहिलो उडान भर्नुपर्ने तथा नाइट स्पटका लागि त्यही बास बस्नुपर्ने निर्णय गरेको थियो। रासस
सम्बन्धित समाचार
-
माओवादीको केन्द्रीय समिति बैठक बस्दै
-
बाजुराको बुढीगंगामा आज पुनः मतदान हुँदै
-
प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर २ गते गर्न सिफारिस
-
अर्थमन्त्री शर्माले दिए राजीनामा
-
अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउने सहमति
-
संसद बैठक २ बजेसम्मका लागि स्थगित
-
बजेट प्रकरणमा मुछिएका अर्थ सचिव मरासिनी बिदामा
-
अर्थमन्त्रीका विषयमा माओवादीले एमालेसँग छलफल गर्ने
-
मंसिर २ मा संसदीय निर्वाचन गर्न आयोगको प्रस्ताव
-
नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय
-
परिवारै सखाप पार्ने मादी घटना : चारजनालाई आजीवन कैदको फैसला
-
रामेछाप बस दुर्घटना : थप तीनको मृत्यु, मृत्तकको संख्या १२ पुग्यो
Leave a Reply