गम्भीर संकटमा एकीकृत समाजवादी, १० सांसदले बुझाए नेपाललाई पत्र
१० असार, काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीभित्र गम्भीर विभाजन देखिएको छ।
मन्त्रीहरुलाई फिर्ता बोलाउने २२ जेठ २०७९ मा पार्टीबाट सरकारमा सहभागी भएका ४ मन्त्रीहरुलाई फिर्ता बोलाउने सचिवालय बैठकको निर्णयले एकीकृत समाजवादीभित्र तीव्र मतभेद चुलिएको थियो।
त्यस मतभेदले पार्टीमा गम्भीर समस्या भएको छ।
स्वास्थ्य मन्त्री तथा नेता विरोध खतिवडाले १० जना सांसदहरुले पार्टी कार्यालयमा ध्यानाकर्षण बुझाएको बताए।
हामी ४ जना मन्त्रीसहित समानुपातिक सांसदहरु मिलेर १० जनाले पार्टी अध्यक्षसमक्ष ध्यानाकर्षण पत्र बुझाएका छौँ, ८ बुँदामा रहेको ध्यानाकर्षणमा हामीले पार्टीले गरेको कच्चा निर्णयको विरोध गरेका छौँ,मन्त्री खतिवडाले भने
खतिवडासहित, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रममन्त्री किसान श्रेष्ठ, पर्यटन मन्त्री प्रेम आले, सांसदहरु कृष्णलाल महर्जन, निरुदेवी जैरु, धनबहादुर बुढा, पुष्पाकुमारी कर्ण कायस्थ, बीनादेवी बुढाथोकी, गोपालबहादुर बमले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन्।
हाल संघीय संसदमा एकीकृत समाजवादीका २३ जना सांसद छन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply