भारतीय बजार हिंडेका दुई युवतीमाथि सामुहिक बलात्कार, चार जना लुटिए
१३ असार, दाङ । दाङबाट किनमेलका लागि भारतीय बजार गएका दुई नेपाली युवतीमाथि सामुहिक बलात्कार भएको छ । अरु चार जना लुटिएका छन् ।
आइतबार बिहान ११ बजेतिर भारतको मनिपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवतीमाथि भारतीय युवाहरुले सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दाङबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको जङ्गलमा भारतीय युवाको समूहले दुई युवतीमाथि सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।
किनमेलका लागि भारतीय बजार हिंडेका ६ जना युवतीमध्ये दुई जनालाई बलात्कार गरिएको र अरु चार जनालाई ती युवाहरुले धम्काउदै सरसामान लुटपाट गरेको पाइएको प्रहरीले बताएको छ । पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो ।
घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको डिएसपी रिजालले बताएका छन् ।
पीडित युवतीहरुले भारतीय प्रहरीमा जोहेरी दिइसकेको पनि डिएसपी रिजालले जानकारी दिए । भारतीय प्रहरीले चार जना युवालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जानकारी आफूले पाएको डिएसपी रिजालले बताएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply