भारतीय बजार हिंडेका दुई युवतीमाथि सामुहिक बलात्कार, चार जना लुटिए
१३ असार, दाङ । दाङबाट किनमेलका लागि भारतीय बजार गएका दुई नेपाली युवतीमाथि सामुहिक बलात्कार भएको छ । अरु चार जना लुटिएका छन् ।
आइतबार बिहान ११ बजेतिर भारतको मनिपुर बजार गएका राजपुर गाउँपालिकाका दुई युवतीमाथि भारतीय युवाहरुले सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दाङबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको जङ्गलमा भारतीय युवाको समूहले दुई युवतीमाथि सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।
किनमेलका लागि भारतीय बजार हिंडेका ६ जना युवतीमध्ये दुई जनालाई बलात्कार गरिएको र अरु चार जनालाई ती युवाहरुले धम्काउदै सरसामान लुटपाट गरेको पाइएको प्रहरीले बताएको छ । पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो ।
घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको डिएसपी रिजालले बताएका छन् ।
पीडित युवतीहरुले भारतीय प्रहरीमा जोहेरी दिइसकेको पनि डिएसपी रिजालले जानकारी दिए । भारतीय प्रहरीले चार जना युवालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जानकारी आफूले पाएको डिएसपी रिजालले बताएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply