रविको पार्टी निर्वाचन आयोगमा दर्ता
१७ असार, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए।
शुक्रबार पत्रकार सम्मेलन गरेर लामिछानेले आफ्नो पार्टी निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता भएको जानकारी गराए । त्यस्तै चुनाव चिन्ह गोलाकारभित्र घन्टी पाएको बताए ।
राजनीतिक दलको नाममा स्वतन्त्र शब्द राख्न नपाइने भन्दै कतिपयले निर्वाचन आयोगमा उजुरी समेत दिएका थिए । लामिछानेले आयोगमा दल औपचारिकरुपमा दर्ता भएसँगै अब जनताको बीचमा जाने बताए।
‘राजनीतिक दल दर्ता भएको छ। अब जनताको बीचमा जानुपर्ने हुन्छ,’ आयोग परिषरमा उनले भने, ‘हामीले थोरै कुरा मात्रै भन्न पाएका छौं । अब हामी पार्टी निर्माण गर्न जनतामा जान्छौं र आफ्ना कुरा भन्दै जान्छौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीमा २१ जनाको केन्द्रीय समिति रहेको छ । समितिमा रहेका नाम अब औपचारिकरुपमा सार्वजनिक गरिने लामिछानेले जानकारी दिए।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply