मोरङमा आगो लगाएर महिलाको हत्या, श्रीमान पक्राउ
१८ असार, काठमाडौं । मोरङमा शुक्रबार राति एक महिलाको आगो लगाएर हत्या भएको छ ।
शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका वडा नं १ बिर्ताबजारमा स्थानीय ३१ वर्षकी बबिता मल्लिकको मट्टितेल छर्की आगो लगाई हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्या आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको छ ।
शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । घरायसी विवादमा तिलकले मट्टितेल छर्केर आगो लगाएको देखिन्छ, आगलागीबाट उनीहरुको घर पनि जलेको छ उनले भने ।
आगलागीबाट घाइते बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि कोशी अस्पताल पठाएको थियो । उनको उपचारकै क्रममा शनिबार विहान ६ बजे मृत्यु भएको डीएसपी श्रेष्ठले बताए । प्रहरीका अनुसार उनीहरुको विवाह भएको ५ वर्ष भएको थियो । घरमा उनीहरु दुई जनामात्र बसोबास गर्थे ।
बबिताका श्रीमानमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्रको लत्ता कपडा, भाडाकुँडा र अन्नपात पनि जलेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply