देउवाले बोलाए पदाधिकारी बैठक
१९ असार, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना गठनका सम्बन्धनमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
काँग्रेसले असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाएको छ । स्रोतका अनुसार बैठकमा पछिल्लो समय शेखर कोइराला समूहले देउवामाथि लगाएका पाँच आरोपबारे पनि छलफल हुनेछ । शेखर समूह पनि उक्त कुरा लिएर पदाधिकारी बैठकमा जाने तयारीमा छ । कोइराला पक्षीय सहमहामन्त्री जीवन परियारले आफूले उठाएका मुद्दा पदाधिकारी बैठकमा पनि उठाउने बताए ।
उनले भने, अस्ति हामीले जे मुद्दा उठाएका छौं । यिनै कुराहरु हामी जस्ताको त्यस्तै पदाधिकारी बैठकमा उठाउँछौँ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply