रामेछाप बस दुर्घटना : थप तीनको मृत्यु, मृत्तकको संख्या १२ पुग्यो
२१ असार, रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । तीन जनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी राजकुमार थिंकले जानकारी दिएका छन् ।
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना रामेछापको सुनापति गाउँपालिका-५ सीमानामा आज बिहान बस दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको थियो । घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल पठाइएकोमा तीन जनाको मृत्यु भएको हो ।
अहिलेसम्म मृतकको पहिचान खुलेको छैन ।
अहिलेसम्म उद्धारमै लागेकाले सनाखत हुन नसकेको र सनाखतका लागि आफन्तलाई बोलाइएको डीएसपी थिंकले बताएका छन् । ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर दुर्घटना भएको हो । २१ जना घाइतेलाई धुलिखेल अस्पताल लगिएको उनले जानकारी दिए । दुर्घटनामा २१ जना घाइते छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply