परिवारै सखाप पार्ने मादी घटना : चारजनालाई आजीवन कैदको फैसला
२१ असार, संखुवासभा । परिवारै सखाप पाने गरी भएको संखुवासभाको मादी हत्याकाण्डमा संलग्न चार जनालाई जिल्ला अदालत संखुवासभाले आजीवन कारावासको फैसला सुनाएको छ ।
मादी नगरपालिका-१ उमलिङका एकै परिवारका ६ जनाको हत्या प्रकरणमा पाँच जनामध्ये चार जनालाई आजीवन कारावासको फैसला सुनाइएको हो । हत्यामा संलग्न १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाई कारावासको फैसला सुनाइएको छ ।
जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले सोमबार पाँच जनालाई कसुरदार ठहर गर्दै उक्त फैसला गरेको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । मृतक परिवारको राहत कोषमा चार जनाले दुई/दुई लाख रुपैयाँ क्षतिपूर्ति रकम समेत जम्मा गर्नुपर्ने आदेश भएको छ । घटनाको सफल अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले पनि चार जनाविरुद्ध आजीवन कारवास सजाय मागदाबी गरेको थियो ।
हत्यामा अभियोगमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । उनीहरू सबै मृतक तेजबहादुर परिवारकै आफन्तहरू हुन् । २०७८ भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपीन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply