परिवारै सखाप पार्ने मादी घटना : चारजनालाई आजीवन कैदको फैसला

२१ असार, संखुवासभा । परिवारै सखाप पाने गरी भएको संखुवासभाको मादी हत्याकाण्डमा संलग्न चार जनालाई जिल्ला अदालत संखुवासभाले आजीवन कारावासको फैसला सुनाएको छ ।
मादी नगरपालिका-१ उमलिङका एकै परिवारका ६ जनाको हत्या प्रकरणमा पाँच जनामध्ये चार जनालाई आजीवन कारावासको फैसला सुनाइएको हो । हत्यामा संलग्न १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाई कारावासको फैसला सुनाइएको छ ।
जिल्ला न्यायाधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले सोमबार पाँच जनालाई कसुरदार ठहर गर्दै उक्त फैसला गरेको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए । मृतक परिवारको राहत कोषमा चार जनाले दुई/दुई लाख रुपैयाँ क्षतिपूर्ति रकम समेत जम्मा गर्नुपर्ने आदेश भएको छ । घटनाको सफल अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालयले पनि चार जनाविरुद्ध आजीवन कारवास सजाय मागदाबी गरेको थियो ।
हत्यामा अभियोगमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । उनीहरू सबै मृतक तेजबहादुर परिवारकै आफन्तहरू हुन् । २०७८ भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपीन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।
सम्बन्धित समाचार
-
अबको चुनावमा एमाले एक्लैले बहुमत ल्याउँछ, सरकारमा पुग्छ : ज्ञवाली
-
निहारिकाको मुद्दामा राष्ट्रपतिको चासो, कानून मन्त्री र महान्यायाधिवक्ता बोलाएर गरिन् ध्यानाकर्षण
-
ओली र लिङ्देनबीच भेटवार्ता
-
नेपाली कांग्रेस दल दर्ताको जिम्मेवारी मुख्य सचिव पौडेललाई
-
महाकाली नदीमा बगेर २ किशोरी बेपत्ता
-
भदौ ५ देखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप
-
मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियारको नियन्त्रणमा
-
देउवाले निरन्तर पेलेको भन्दै शेखर पक्षले बोलायो बैठक
-
शितलनिवासअघि निहारिकाको आत्मदाहको प्रयास, प्रहरीले जोगायो
-
गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या
-
आज रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइँदै
-
एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन, तीनै तहका बैठक आह्वान
Leave a Reply