बाजुराको बुढीगंगाको निर्वाचन सकियो, ६७ प्रतिशत खस्यो भोट
२३ असार, डोटी । बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको छ । कडा सुरक्षा व्यवस्थाका बीच बिहीबार दिनभर भएको मतदानमा १३ हजार ६५९ मतदातामध्धे ९ हजार १२८ मतदाताले मतदान गरेका जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए ।
बुढीगंगा नगरपालिका -९ को त्रिशक्ति मतदान केन्द्रमा सामान्य विवाद भएपछि बिहीबार दिउँसो प्रहरीले हवाइ फायर गरेको थियो । अन्य ठाउँमा भने कुनै पनि विवाद नभएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।
त्रिशक्ति मतदान केन्द्रमा पनि ३५ मिनेट जति मतदान रोकिएर पुन सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए । नगरपालिकाका १० मतदान स्थलका १९ मतदान केन्द्रमा एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।
वैशाख ३० गते भएको निर्वाचन यस नगरपालिकामा विवादका कारण पुन मतदान गर्ने निर्वाचन आयोगले निर्णय गरेको थियो । वैशाख ३० मा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए ।
नगर प्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार रहेका छन् । काँग्रेसका उम्मेदवार खातीलाई सत्ता गठबन्धनका अरु दलको पनि समर्थन छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply