२४ असार २०७९, शुक्रबार ०८:५८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
यौन हिंसामा वयस्कलाई २ वर्ष, नाबालिगलाई ३ वर्षसम्म उजुरीको हदम्याद बढाउने निर्णय
२४ असार, काठमाडौं । बलात्कार तथा यौन हिंसाका घटनामा नाबालिगले ३ वर्षसम्म उजुरी गर्न सक्ने निर्णय भएको छ । प्रतिनिधिसभा अन्तरगत रहेको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बसेको बैठकले यौन हिंसामा परेकाहरू मध्ये नाबालिग र अपाङ्गले ३ वर्ष र वयस्कले २ वर्षभित्र उजुरी गर्न सक्नेगरी हदम्याद बढाउने निर्णय गरेको छ ।
यौन हिंसाविरुद्ध केही ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि छलफलका क्रममा सो निर्णय भएको समितिका सभापति कृष्णभक्त पोखरेलले बताएका छन् । बैठकमा सर्वसहमतिले सो निर्णय गरेको उनको भनाई छ । हाल बालिग तथा नाबालिग दुबैको हकमा एक वर्षभित्र उजुरी गर्नुपर्ने हदम्याद रहेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply