स्पष्टीकरण सोधिएका चार नेताले छाडे राप्रपा
३ साउन, काठमाडौँ । स्पष्टीकरण सोधिएका चार नेताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै तीन नेताहरुले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्ने नेताहरुमा दीलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठ छन् ।
पार्टीमा आन्तरिक प्रजातन्त्रको चीरहरण भएको अवस्थामा सर्वसत्तावाद र अहंकार मौलाएको उनीहरुले बताएका छन् । विधि विधानको धज्जी उडेको अवस्थामा अपमानित र निरीह भएर बस्न नसक्ने भन्दै उनीहरुले पार्टीको साधारण सदस्यसमेत नरहने गरी छाडेको घोषणा गरेका छन् ।
आन्तरिक प्रजातन्त्रको चीरहरण भएको, सर्वसत्तावाद र अहंकार मौलाएको, विधि विधानको धज्जी उडिरहेको अवस्थामा अपमानित र निरीह भएर पार्टीभित्र बस्न सक्ने अवस्था नभएकाले आजका मितिदेखि हामी साधारण सदस्यसमेत नरहने गरि अलग भएका छौं, विज्ञप्तिमा भनिएको छ ।
गत २९ असारमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यी ४ नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, उक्त स्पष्टीकरणलाई ‘नाङ्लो ठटाएर हात्ती तर्साउने सस्तो खेल’ भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए । निषेध, पूर्वाग्रह र दुराशयबाट प्रेरित भएको भन्दै उनीहरुले स्पष्टीकरणको जवाफ दिन मानेका थिएनन् ।
मुलुकमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता अहिले झन् बढेर गएको भन्दै आफूहरु निरन्तर अभियानमा रहने उनीहरुले बताएका छन् । यसैबीच, राप्रपाको केन्द्रीय कार्यसम्पादन बैठक पार्टी कार्यालयमा जारी छ ।
बैठकमा साउन ५ गतेदेखि शुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा पेश हुने प्रतिवेदन, दोस्रो चरणको आन्दोलनको मोडालिटी लगायतका विषयमा छलफल हुने बताइएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply