डोल्पामा बाढीले काठेपुल पुल बगायो, आवतजावत ठप्प
९ साउन, काठमाडौं । लगातारको बर्षासँगै आएको बाढीले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-९ मा पर्ने चुँ गाड खोलाको काठेपुल बगाएको छ ।
दैनिक स्थानीयले प्रयोग गर्ने पुल खोलाले बगाएपछि मानिस तथा सवारी आवतजावत ठप्प भएको छ । खोलामा पुल नभएपछि नगरपालिको वडा नं ९,१० र ११ का सर्वसाधारण नगरपालिकाको केन्द्र तथा सदरमुकाम दुनैसम्म आवतजावत गर्न सकेका छैनन् ।
औषधि उपचार, बैंकिङ सेवा, किनमेल लगायतका कामका लागि त्रिपुरोकाट बजार आउने सर्वसाधारण पनि रोकिएको स्थानीय रणबहादुर बुढाले जानकारी दिएका छन् । खोलामा पुल नबनेसम्म सर्वसाधारण काम परे पनि सहज आवतजावत गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ । त्यस्तै बाढीकै कारण जाजरकोट-डोल्पा सडकखण्ड अन्तर्गत पर्ने तल्लो चुँ गाडमा सवारीसाधन आवतजावत गर्नका लागि बनाइएको खोलाको तटबन्ध समेत भासिएको छ ।
मुख्य सडकमै पर्ने तटबन्ध भासिएपछि यात्रुवाहक तथा मालवाहक सवारीसाधनहरु बाटोमै रोकिएका छन् । मालवाहक ट्रक, ट्याक्टर आउन नसकेपछि सदरमुकाम दुनै त्रिपुराकोट, जुफाललगायतका बजारहरुमा दैनिक उपभोग्य सामाग्री ढुवानी हुन सकेको छैन । यथाशिघ्र पुल सञ्चालन नभए बजारमा दैनिक उपभोग्य सामाग्री समेत महंगिने स्थानीय व्यापारीको भनाई छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply