पार्टीलाई पहिलो शक्ति बनाउने योजनाका साथ गण्डकीमा प्रशिक्षण
९ साउन, पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले आगामी प्रतिनिधि तथा गण्डकी प्रदेशको निर्वाचनबाट पार्टीलाई प्रदेशमा पहिलो शक्तिको रूपमा स्थापित गर्ने योजना र दृढ सङ्कल्पका साथ प्रशिक्षण अभियान थालेको छ ।
कमिटीले शुरूमा प्रदेशस्तरीय प्रशिक्षण गरेर साउन महिनाभरिमा जिल्ला, पालिका हुँदै वडा र टोल स्तरसम्म पुर्याउने योजना अगाडि सारेको छ ।
पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आइतबार प्रशिक्षणको उद्घाटन गर्दै स्थानीय तहको निर्वाचनमा सबै प्रदेशमध्ये अब्बल बनेको गण्डकीले आगामी निर्वाचनमा समेत बाजी मार्ने विश्वास व्यक्त गर्नुभयो ।
स्थानीय तहको निर्वाचनमा भएको कमी कमजोरीलाई सुधार गर्दै प्रदेशलाई लालकिल्ला बनाउने गरी लाग्न प्रदेशका नेता कार्यकर्तालाई उपाध्यक्ष शाक्यले निर्देशन दिनुभयो ।
‘गत चुनावी परिणाममा सबै प्रदेशमध्ये गण्डकी अब्बल छ । संरचनात्मक हिसाबले हेर्ने हो भने पनि गण्डकीले बाजी मारेको छ,’उपाध्यक्ष शाक्यले भन्नुभयो, ‘पार्टी बलियो भए सबैलाई भाग पुग्छ । साना तिना सबै कुरा छोड्नुस् । गण्डकीलाई लालकिल्ला बनाउन योजनाबद्ध ढङ्गले लाग्नुस् ।’
उपाध्यक्ष शाक्यले इमानदार कार्यकर्ताको ठूलो पङ्ती, एमालेको धरातल र आधार बलियो भएको कारणले चुनाव जितिने वताउनुभयो ।
उहाँले पार्टीलाई अझ बलियो र एकताबद्ध बनाउँदै अहिलेदेखि नै लाग्दा आम निर्वाचनमा सफलता हासिल गर्न गाह्रो नहुने उहाँको भनाई थियो ।
वर्तमान सत्ता गठबन्धन नीति, विचार र सिद्धान्तको कारण नभएर एमालेलाई कमजोर बनाउन र सत्ता स्वार्थमा लागेको आरोप लगाउँदै उपाध्यक्ष शाक्यले आन्तरिक एकतालाई सुदृढ बनाएर सत्ता गठबन्धनलाई परास्त गर्नुपर्ने वताउनु भयो ।
पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रियताको रक्षा तथा समाजवादमा जाने आधार तयार गर्न वर्तमान सत्ता गठबन्धनलाई तोड्नुपर्ने बताउनुभयो ।
चुनाव जित्नको लागि मात्र नभएर सबै क्षेत्रमा समाजवादमा जाने आधार तयार गर्न र राष्ट्रिय पुँजीको विकास गर्नका लागि गठबन्धन तोड्नुपर्ने उहाँको भनाई थियो ।
सत्ता गठबन्धन प्रतिगामी, समाजवाद तथा राष्ट्रियता बिरोधी भएको विचार व्यक्त गर्दै केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले राष्ट्रियताको रक्षा र अग्रगमनको लागि प्रगतिशील गठबन्धन बनाउनुपर्ने वताउनुभयो ।
पार्टीका केन्द्रीय कमिटीका सचिव तथा गण्डकी प्रदेशका इञ्चार्ज पदमाकुमारी अर्यालले सबै नेता तथा कार्यकर्ताले आफ्नो सामथ्र्यको विकास गरी एक्लै प्रतिस्पर्धा गर्ने मानसिकता तयार गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
आगामी निर्वाचनमा एक्लै भिड्ने र एकल सरकार बनाउने योजनाका साथ अगाडि बढ्नुपर्ने खाँचो औल्याउँदै सचिव अर्यालले स्थानीय तहको निर्वाचनमा भएको हारको धङधङीबाट मुक्त भएर जीतको मानसिकतामा रुपान्तरण गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
स्थायी कमिटी सदस्य तथा संगठन विभागका प्रमुख खगराज अधिकारीले पार्टी कमिटीलाई सशक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
सांसद अधिकारीले पार्टीलाई आधारभूत तहमा लैजाने कुरा र वर्गीय पक्षधरतालाई विर्सन नहुने विचार व्यक्त गर्नुभयो ।
पार्टीका केन्द्रीय अनुशासन आयोगका सचिव प्रा.डा. भरतराज पहारीले पार्टीका नेता तथा कार्यकर्ताले इमान्दारिता र गोपनियता कायम गर्नुपर्ने तथा नैतिक आचरण र अनुशासन कायम गरेमा पार्टीको संगठन बलियो बन्ने वताउनुभयो । कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मोहनप्रसाद रेग्मी, सचिव धनञ्जय दवाडीले प्रशिक्षण अभियानको बारेमा बोल्नुभएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply