प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आठ करोड मतपत्र
१० साउन, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मंसिर ४ गते निर्वाचन हुने संकेत गरेका छन् । आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले अब बस्ने क्याबिनेटबाट मंसिर ४ गतेका लागि मिति तोकिने संकेत गरेका हुन् ।
आयोगले सम्पूर्ण ब्यहोरासहित एकै चरणमा गर्नेगरी परामर्श गरिरसकेको छ । आउँदो क्याबिनेटको बैठकबाट मंसिर ४ गते मिति तोकियो भने आश्चर्य नमाने हुन्छ’, उनले भने । आयोगले मंसिर २ गते निर्वाचन गर्न सरकरालाई प्रस्ताव गरेको छ । उनले आयोगले दिएको मितिको सेरोफेरोमा निर्वाचन मिति तोकिने बताए ।
आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि करिव ८ करोड मतपत्र छाप्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, अबको चुनावमा ८ करोड मतपत्र छाप्नु पर्छ । एउटा मतदान केन्द्रमा चार वटा मतपेटिका राख्नुपर्छ । यसअनुसार कर्मचारी पनि चाहिएला । निर्वाचनको मिति तय नभएपनि आयोगले आन्तरिक तयारी थालिसकेको उनले बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply