पूर्वमन्त्री हेमराज राईसहित जसपाका ७ जना केन्द्रीय सदस्य एमाले प्रवेश गर्दै
११ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री हेमराज राई नेकपा (एमाले)माप्रवेश गर्ने निर्णायमा पुग्नु भएको छ ।
पूर्वका चर्चित नेता राईसहित जसपाका ७ जना केन्द्रीय सदस्यहरु नेकपा (एमाले)मा प्रवेश गर्नलाग्नुभएको हो ।
नेता राईले सोमबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा–पत्र बुझाइसक्नु भएको छ । राईसँगै जसपाका केन्द्रीय सदस्य तथापूर्वमन्त्री दानबहादुर चौधरी, चन्द्रविक्रम राई, भूराज राई, उमेश थापा, शान्त प्रधान, रामसिंह राई र सुनिल राईलगायत एमाले प्रेवश गर्नलाग्नुभएको हो ।
भोजपुर निवासी हेमराज राई पूर्वएमाले नेता हो । पूर्व क्षेत्रमा नेकपा (एमाले)को संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएका राईलेतत्कालिन एमाले उपाध्यक्ष अशोक राईसँग एमाले परित्याग गर्नुभएको थियो ।
डा.बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमबीच एकता हुँदा राई उपाध्यक्षको भुमिकामा रहनुभएकोथियो ।
हेमराजको बहिर्गमनले पहाडी क्षेत्रमा जसपालाई ठूलो धक्का लाग्ने देखिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply