काठमाडौं आइपुगे अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु
१२ साउन, काठमाडौँ । अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लु नेपालको दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । तीन सदस्यीय टोलीसहित नेपाल आइपुगेका लुलाई अमेरिकी दूतावासका उपप्रमुख मानुयल पी. मिक्लरले विमानस्थलमा स्वागत गरेका छन् ।
नेपाल बसाईका क्रममा मन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्ने कायक्रम छ । नेपालस्थित अमेरिकी दूतावाले मन्त्री लु अमेरिकी विदेश मन्त्रीले वार्षिकरुपमा प्रदान गर्ने अवार्ड फर कर्पोरेट एक्सलेन्स (एइसी)’ वितरण गर्नेछन् ।
नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णाले सो अवार्ड पाउँदैछ । मन्त्री लुले नेपालमा बसाईका क्रममा उद्योगी, नागरिक समाज र सरकारका नेतृत्वकर्तासँग भेटने दूतावासले जनाएको छ । दूतावासले लुको नेपाल भ्रमण नियमित भएको जनाएको छ । दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै नियमित भ्रमणको सिलसिलामा सहायक विदेशमन्त्री लु दुई दिने भ्रमणका लागि नेपाल आउने स्पष्ट पारेका हो ।
स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को कार्यान्वयनको विषयलाई लिएर राजनीतिक दलहरूबीच विवाद चर्किरहेका बेला उनको भ्रमणलाई अर्थपूणर् रूपमा लिइएको छ । यसअघि गत १ मंसिरमा नेपाल आएका उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply