अहिलेको संसद भङ्ग गर्नुपर्छ : विष्णु पौडेल
१३ साउन, सिन्धुली । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन सरकार विदेशीले चलाएको आरोप लगाएका छन् । अर्थमन्त्रीको बजेट काण्डदेखि नागरिकता विधेयक सबै विदेशीको इशारा र निर्देशनमा आएको उनको आरोप छ ।
प्रेस चौतारी सिन्धुलीले शुक्रबार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले देशलाई समृद्ध र सही दिशातर्फ लैजान अहिलेको संसद् भंग गर्नुपर्ने बताएका छन् । अहिलेको संसद्ले देशलाई निकास दिन नसक्ने ठोकुवा गर्दै उनले तत्काल निर्वाचनमा जानुपर्ने बताए ।
गठबन्धन सरकारले संसदबाट पारित नागरिकता विधेयक विदेशीको इसारामा ल्याएको आरोप लगाउँदै यो सरकार विदेशीको कठपुतली हो भन्ने प्रमाणित भएको जिकिर गरे । तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो संसदबाट देशले निकास नपाउने भन्दै संसद् विघटन गरी घोषणा गरेको निर्वाचनको औचित्य अहिले आएर गठबन्धन सरकारले नै पुष्टि गरेको उनको दाबी छ ।
पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले सरकारले ल्याएको बजेटको नाटक र नागरिकता विधेयकले सरकार विदेशीको इशारामा चलेको थप पुष्टि गरेको बताए । बजेट वक्तव्यमा देखिएको तमासाले आमनागरिकमा सरकारको गोपनीयता र विश्वास दुवै गुमेको बताउँदै उनले तोकिएको समयमा संघ तथा प्रदेशको निर्वाचन नगराउने षडयन्त्र भइरहेको आरोप लगाए ।
विदेशीको इसारामा चलेको सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पुर्याएको र यसको एउटै विकल्प एमालेको सरकार रहेको उनको भनाइ छ । तत्काल संसद् भंग गरी निर्वाचनमा नजाने हो भने देश दुर्गतिको बाटोमा जाने दोहोर्याउँदै उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भए एमालेले बहुमत ल्याउने ठोकुवा गरे ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply