गठबन्धन सरकारका कारण मुलुकको अर्थतन्त्र धराशायी
दमौली । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सत्तारुढ पाँच दलीय गठबन्धन देश र जनताको लागि हानिकारक भएको बताउनुभएको छ ।
तनहुँको दमौलीमा नेकपा (एमाले) जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यो गठबन्धनलाई जतिसक्दो चाँडो चुनावबाट परास्त गर्नुपर्ने बताउनुभयो ।
एमालेले सरकार छाड्दा मुलुकको अर्थतन्त्र सुदृढ रहेको भन्दै महासचिवले वर्तमान गठबन्धनको कारण अर्थतन्त्र धराशायी भएको बताउनुभयो ।
यो गठबन्धनले अझै एक वर्षसम्म सरकार चलाउने हो भने नेपालको अवस्था श्रीलंकाको जस्तै हुने भनाई महासचिव पोखरेलले राख्नुभयो । कुनै उद्देश्य र सिद्धान्त नमिले पनि देश बर्बाद बनाउने सवालमा गठबन्धनका दलहरु बीच एकमत रहेको भन्दै उनीहरुबाट देश र जनतालाई मुक्त गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।
महासचिवले भन्नुभयो – ‘नेपालको राजनीतिमा अव दुई धार प्रष्ट देखिएको छ । समाजवादी धारको नेतृत्व नेकपा (एमाले) ले गरेको छ र पुँजीपतीहरूको नेतृत्व नेपाली काँग्रेसले गरेको छ ।’ माओवादी र नेकपा एकीकृत समाजवादीहरू काँग्रेसी धारको भरिया भएको उहाँको भनाई थियो ।
स्थानीय चुनावमा विभिन्न प्रतिकुलताको अवस्थाले एमालेको सिट संख्या केही कम भएपनि लोकप्रिय मतमा एमाले यो देशको सबैभन्दा ठूलो दल भएको पुष्टि भएको चर्चा गर्दै महासचिवले अव प्रदेश र संघको निर्वाचनमा स्पष्ट बहुमत ल्याउने गरी अहिलेदेखि तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
पाँच दलीय गठबन्धन एमालेसँग डराएर मंसिरमा चुनाब नगराउने षड्यन्त्रमा लागेको उहाँले वताउनुभयो ।
सत्ता गठबन्धन स्थानीय निर्वाचन समेत नगरेर देशलाई जनप्रतिनिधिबिहीन बनाउने खेलमा लागे पनि एमालेको अडान र दबाबको कारण स्थानीय निर्वाचन सम्भव भएको उहाँको भनाई थियो ।
तत्कालीन नेकपाभित्रको अन्तर सङ्घर्षको परिणाम स्वरुप पुस ५ गतेको संसद विघटनको घटना भएको भन्दै महासचिव पोखरेलले जनादेशलाई खण्डित गर्नेगरी क्रियाकलाप पार्टीभित्रै हुन थालेपछि तत्कालीन प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय गर्नु स्वभाविक भएको बताउनुभयो ।
त्यसपछि अदालतलाई राजनीतिमा ल्याएर नाङ्गो नाच नचाईएको चर्चा गर्दै महासचिवले भन्नुभयो– ‘अदालतलाई राजनीतिमा ल्याएपछि नेपालको लोकतन्त्र सङ्कटमा परेको छ ।
नेकपामा एक व्यक्ति एक पद भन्ने माधव नेपाल र प्रचण्डले अहिले दुबै मुख्य पद आफैले राखेको उहाँको भनाई थियो ।
सो कार्यक्रममा सचिव पदमा अर्यालले जनताको बहुदलीय जनवादको मार्ग निर्देशनमा पार्टी निर्माण गर्नुपर्ने बताउनुभयो । जबजको सिद्धान्त प्रतिपादन भएपछि नै नेपालको कम्युनिष्ट आन्दोलनले उचाई प्राप्त गरेको भन्दै उहाँले जबजकै मार्ग निर्देशनमा समाजवादको यात्रा तय गर्नुपर्ने बताउनुभयो ।
नेकपा (एमाले) तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो प्रशिक्षण कार्यक्रममा स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य एवं तनहँु इन्चार्ज टुकराज सिग्देल, केन्द्रीय सदस्य भगवती न्यौपाने, सविता रसाईली, केन्द्रीय सल्लाहाकार सदस्य एकबहादुर राना, गण्डकी प्रदेश कमिटीका सचिव धनन्जय दवाडी, प्रदेश सचिवालय सदस्य केदार सिग्देल लगायतले मन्तव्य राख्नुभएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply