शंकास्पद व्यक्ति चढेको आशंकामा मुम्बई उड्न लागेको विमान रोकियो, १ जना पक्राउ
१८ साउन, काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि विमान रोकेर चेकजाँच गरेको हो ।
उक्त विमानमा चढेका एक यात्रुलाई नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले बताए । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रवीन्द्रबहादुर धानुकले भने ‘हेडक्वार्टरबाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले चेकजाँच गरिरहेको छ, विस्तृत सूचना आउन बाँकी छ।
त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार १ः१० मा मुम्बई उड्नुपर्ने न्यारोबडी जहाजलाई प्रहरीको आग्रहमा रोकेको हो । प्रहरीलाई विमान चढिसकेका व्यक्तिबारे ह्वाट्सएपमा सूचना आएको थियो ।
सुन तस्करीमा संलग्न शंकास्पद एक जना व्यक्ति विमानमा चढेको भन्ने सूचना थियो, प्रहरीले नेपाल एयरलाइन्सलाई आग्रह गरेर विमान रोकेको हो,’ उनले भने, ‘सबै चढिसकेका यात्रुलाई झारिएको छ ।
प्रहरीले ती शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइसकेको उनले बताए । ‘फेरि विमान मुम्बई उडाउन बोर्डिङ भइरहेको छ’ ठाकुरले भने ।
ती शंकास्पद व्यक्तिसँग रहेका आफन्तले पनि आफू मुम्बई नजाने भनेका छन् । अरु सबै यात्रु मुम्बई जाने गरी बोर्डिङ चलिरहेको विमानस्थलले जनाएको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply