आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ता शुरु हुने
१९ साउन, काठमाडौं । ४ मंसिरमा हुने संघीय र प्रदेश सभाको चुनावका लागि निर्वाचन आयोगले आइतबारदेखि राजनीति दल दर्ताको प्रक्रिया शुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया शुरु गरिने जानकारी दिएका छन् ।
‘संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्छ, तदअनुसार आइतबारदेखि नै प्रक्रिया प्रारम्भ गरेर छिटै यसलाई सम्पन्न गर्छौं,’ उनले भने, ‘सात वटा प्रदेशमा कुन-कुन दलले भाग लिन्छन् र संघीय निर्वाचनमा कुन-कुन दलले भाग लिन्छन् कुराको निधो भदौको पहिलो हप्ताभित्र गरिसक्छौँ । निर्वाचनमा भाग लिने चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।
‘चुनाव सफल पार्न १०७ दिन अर्जुनदृष्टि लगाएर काम गर्छौं’
सरकारले मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको निर्वाचन आयोगले स्वागत गर्दै स्वच्छ, निष्पक्ष र भयरहित ढंगले काम गर्ने बताएको छ । बिहीबार साँझ आयोगमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले १०७ दिनको अवधिमा अर्जुन दृष्टि लगाएर काम गर्ने बताए ।
उनले आयोगले अनौपचारिक ढंगले शान्तिपूणर् रुपमा चुनाव गर्ने तयारी गरिरहेकोमा त्यसलाई औपचारिक रुपमा सम्पन्न गर्ने बताए । प्रमुख आयुक्त थपलियाले भने, ‘समय अवधिको दृष्टिकोणले हामीलाई कुनै समस्या पर्ने छैन् । नजिकै चाडपर्वहरू आएकोले हाम्रो खटन पटनमा केही समस्या आउन सक्छन् । त्यसलाई हामी सहज रुपमा समाधान गछौँ ।’ उनले आयोगले संविधानमा भएको र निर्वाचन कानुनमा भएको व्यवस्था अनुसार मंसिर २१ गते सांसदहरुको पदावदी सकिने परामर्श सरकारलाई बुझाएको बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply