वैद्य र बास्तोलाको पार्टी एकता गर्ने सहमति
२० साउन,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टी एकता गर्ने निर्णय गरेका छन् ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको बार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो ।
दुई पार्टीको संयुक्त बैठकले एकता प्रकृयालाई अघि बढाउन दुई पार्टीका ६/६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरेको छ ।
क्रान्तिकारी माओवादीबाट महासचिव किरण, सिपी गजुरेल, हरिभक्त कंडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रीस रहेका छन् भने नेकपा बहुमतबाट धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश वली, दिपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य रहेका छन् ।
नेकपा बहुमतका संयोजक बास्तोलाले जतिसक्दो छिटो पार्टी एकताको प्रकृया पूरा हुने बताए । संयोजन समितिले वैचारिक, राजनीतिक र सांगठनिक संचरनाको टुंगो लगाएर छिट्टै एकता प्रकृयालाई पूर्णता दिन्छ’ उनले भने, जतिसक्दो छिटो एकतालाई पूर्णता दिन्छौं ।
उनले संसदमा रहेका वामपन्थीहरूसँगको एकताका बारेमा भने अहिले नै छलफल नभएको बताए । समाजवादका केही आधार तय भएको खण्डमा मात्रै उनीहरूसँग पनि एकता गर्ने विषयमा छलफल हुने उनको भनाइ छ ।
संयुक्तरुपमा वक्तव्य जारी गर्दै किरण र कन्चणले एकता प्रकृयामा सामेल हुन पार्टी संगठन र नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply