२० श्रावण २०७९, शुक्रबार ०८:२४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
परराष्ट्रमन्त्री खड्का मंगलबार चीन जाने
२० साउन, काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन् । समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री डा. अगस्ट ०९ देखि ११ सम्म चीन भ्रमणमा जाने भएका हुन् ।
दुई मन्त्रीहरूले १० अगस्ट २०२२ मा चीनको छिङ्दाओमा आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यीले खड्काको सम्मानमा त्यहीं रात्रिभोज पनि आयोजना गर्नेछन् ।
मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्य भ्रमण सकेर ११ अगस्टमा काठमाडौं फर्किने छन् । यसअघि असार २६ गते चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेपाल भ्रमणमा आएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply