२० श्रावण २०७९, शुक्रबार १४:३४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
गठबन्धन गरेका दलले एउटै चिह्नबाट चुनाव लड्न पाउने
२० साउन, काठमाडौं । गठबन्धन गरेका दलले एउटै चुनाव चिह्नबाट चुनाव लड्न पाउने भएका छन् । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ अनुसार दुई वा दुईभन्दा बढी दल एकल निर्वाचन चिह्न लिएर चुनाव लड्न पाउने निर्वाचन आयोगले जनाएको छ । तर, त्यसका लागि उनीहरूले आयोगमा निवेदन दिनुपर्ने हुन्छ ।
जुनसुकै दलबाट उम्मेद्वार भएपछि अरु सांसदहरु त्यही ठूलो दलको सांसद भएको मानिने छ । तर, आफूहरुले प्रयोग गरेको बाहेक नयाँ निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गरेमा भने नयाँ संसदीय दल गठन गर्न मिल्ने छ ।
त्यसरी छुट्टै निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गरेमा भने जुन दलको हो, त्यही दलको संसदीय दल गठन गर्न मिल्ने व्यवस्था ऐनमा छ । तर हालसम्म कुनै दल वा गठबन्धनले यसरी निर्वाचनमा जाने निणर्य भने गरिसकेका छैनन् । ३१ साउनभित्र निणर्य नगरे उनीहरुले यस्तो सुविधा पाउँदैनन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply