२१ श्रावण २०७९, शनिबार ०७:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मंसिर ४ पछि नयाँ जनादेशसहित सिंहदरबार फर्कन्छौं : नेम्बाङ
२१ साउन, दाङ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्बाङले आगामी चुनावबाट पाँच दलीय गठबन्धनलाई ठेगान लगाउने बताएका छन् ।
प्रेस चौतारी दाङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान गठबन्धन सरकार केका लागि भनेर जनताले बुझिसकेकाले मंसिर ४ गते जनताले दूधको दूध, पानीको पानी छुट्याउने दाबी गरे ।
नेम्बाङले आगामी चुनावपछि एमालेले सरकारको नेतृत्व गर्ने ठोकुवा गरे । ‘एमालेविरुद्ध गठबन्धन गरे पनि मंसिर ४ पछि नयाँ जनादेश लिएर सिंहदरबार फर्कन्छौं’, उनले भने ।
उनले सरकारले दीर्घकालीन असर पर्ने निणर्य गर्न नहुने जिकिर गर्दै निर्वाचन मिति भएसँगै सरकार काम चलाउन भइसकेको बताए । उनले चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोग अहिलेसम्म नटुंग्गाउनु सरकार र सभामुखको कमजोरी भएको दाबी गरे ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply