आजदेखि दैनिक ३५० गाडी फोहोर बञ्चरेडाँडा लगिने, अवरोध नहुने अपेक्षा
२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीको फोहोर उठाउन थालेको छ । सुरक्षाकर्मीको सहयोगमा फोहोर उठाई शनिबार विहानदेखि विर्सजन थालिएको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले कुनै अवरोध नभएर आजदेखि काठमाडौं महानगरका फोहोर दैनिक रूपमा बञ्चरेडाँडामा व्यवस्थापन गरिने बताएका छन् । कुनै अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
‘हामी यो पनि विश्वास दिलाउन चाहन्छौँ कि हामी कुनै पनि हालतमा सिसडोलको दुरावस्था बञ्चरेमा दोहोर्याउने छैनौँ’, मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘थुप्रिएका फोहोरहको व्यवस्थापन नभई अन्य विकल्पहरुमा जानु व्यवहारिक रुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौं ।’ अन्यथा फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि योजना बनाइएको र तिनलाई कार्यान्वयन गर्न हदैसम्म प्रयास गरिने मेयर शाहले बताएका छन् ।
गएको सोमबार काठमाडौं महानगरपालिकाको दुईवटा चेन डोजर र फोहोरमा केमिकल छर्कने एउटा जेट मेशिनसहित फोहोर बोक्ने १७ सवारी साधनमा तोडफोड भएपछि उपत्यकालगायत १७ स्थानीय तहको फोहोर व्यवस्थापन अनिश्चित भएको थियो ।
लगत्तै काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईसहितको टोली र फोहोर बोक्ने निजी संस्थाबीच तोडफोड भएको सवारी साधनको तत्काल क्षतिपूर्ति गर्ने सहमति भएपछि फोहोर उठाउन थालिएको हो ।
कामपा वातावरण व्यवस्थापन विभागका ल्याण्डफिल साइट इञ्चार्ज सरकारदीप श्रेष्ठले नेपाल प्रहरीको सहयोगमा शनिबार १५२ गाडी फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा बिसर्जन गरिएको जानकारी दिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply