कांग्रेस लोकतान्त्रिक पार्टी रहेन, प्रचण्डको कार्यकर्ता हो : ओली
१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नरहेको बताएका छन् । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कांग्रेस कहिँकतैको लोकतान्त्रिक पार्टी रहेन । कांग्रेसले अब आफूलाई लोकतान्त्रिक पार्टी भन्नु बेकार छ, उनले भने, कांग्रेस अहिले प्रचण्डको कार्यकर्ता हो ।
कांग्रेस विचार, आचरण, नीति, सिद्धान्त र व्यवहार केहीमा पनि लोकतान्त्रिक नरहेको उनले दाबी गरे । उनले भने, ‘कांग्रेस इतिहासमा पनि पटक–पटक ठूलाठूला अलोकतान्त्रिक काम गरिआएको पार्टी हो । देशहित विपरीत काम गर्दै आएको छ । अनुभवबाट सिक्ला की भनेको झन् झन् बिग्रिँदै गएको छ । अब त कांग्रेस….. नभनौं ।
माओवादी केन्द्र ‘प्रचण्ड एण्ड कम्पनी’ रहेको टिप्पणी गर्दै अध्यक्ष ओलीले कांग्रेस पनि त्यसैको पछिपछि दौडेको बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply