२ भाद्र २०७९, बिहीबार १२:०२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नागरिकता विधेयकमा एमालेले माग्यो मतदान
२ भदौ, काठमाडौं । नेकपा एमालेले नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा मतदान माग गर्ने भएको छ ।
दिनभर छलफल भएको उक्त बिधेयक विहीबार नै पारित गर्ने सरकारको तयारी छ । तर प्रमुख प्रतिपक्षी दल एमालेले पारित गर्ने क्रममा ध्वनि मत नमान्ने भएको छ ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘एमाले मत विभाजनमा गएर भोटिङ गर्ने पक्षमा उभिन्छ ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन २०६३ को संशोधन विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएपछि सत्तारुढ गठबन्धनले भने उक्त विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय गरिसकेको छ ।
बिहीबार प्रतिनिधिसभामा छलफलका क्रममा नेकपा एमालेका नेताहरुले भने यो विधेयक तत्काल पारित नगरी पुन: संसदीय समितिमा पठाएर बृहत छलफल गरेर मात्र पारित गर्नुपर्ने धारणा राखेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply