करातेका दुई प्रशिक्षकविरुद्ध सामुहिक बलात्कारको मुद्दा
३ भदौ, मोरङ । सामुहिक बलात्कार आरोपमा विराटनगरबाट पक्राउ परेका करातेका दुई प्रशिक्षकविरुद्ध बिहीबार जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय मोरङले करातेका प्रशिक्षक विराटनगर महानगरपालिका-३ घर भएका ५० वर्षीय विनोद राउत र विराटनगर-४ का ५० वर्षीय सुरज भनिने अमर सुवेदीविरुद्ध जबरजस्ती करणी मुद्दा दायर गरेको हो ।
राउत र सुवेदीलाई प्रतिवादी बनाइएको मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिएका छन् । १५ वर्ष कैद सजायको मागदाबीसहित वकिल कार्यालयले मुद्दा दायर गरेको हो । सुरज भनिने असर सुवेदी र विनोद राउत क्षेत्रीले १८ वर्ष पूरा भएकी पीडित किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको अभियोगपत्रमा उल्लेख छ ।
‘मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा १ र २ बमोजिम कसूर गरेकाले निज प्रतिवादीहरूलाई सोही संहीताको दफा २१९ को उपदफा ३ को देहाय (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने तथा सामूहिक करणीतर्फ सोही संहिताको दफा २१९ (७) बमोजिम पाँच वर्षसम्म कैद सजाय थप हुनुका साथै निज प्रतिवादीहरूलाई मुलकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३ क) को खण्ड ‘ग’ बमोजिम तीन लाख जरिवाना गरी उक्त जरिवाना रकम पीडित राहत कोषमा जम्मा गरी पाउनसमेतको मागदाबी लिई अभियोगपत्र पेस गरिएको छ,’ अभियोग पत्रमा भनिएको छ।
सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोग पत्रमा भने दुवै अभियुक्तले जबरजस्ती करणी गरेको अस्वीकार गरेका छन् । तर, पीडितको बयान र अनुसन्धानका क्रममा संकलन गरिएको प्रमाणले सामुहिक करणी गरेको देखिने सरकारी वकिल कार्यालयको दाबी छ ।
अभियुक्तसँग आगामी आइतबार अदालतले बयान लिने छ । बयान सकिएसँगै वादी नेपाल सरकार र प्रतिवादी पक्षका कानुन व्यवसायीबीच थुनछेक बहस भएपछि मुद्दामा अदालतबाट आदेश आउने सूचना अधिकारी बुढाथोकीले बताए ।
उनका अनुसार अदालतबाट प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने अर्थात् धरौटीमा वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश आउने छ । सुनसरीको इटहरी घर भई विराटनगरको विराट हेल्थ कलेजमा अध्ययनरत १९ वर्षीया छात्रालाई सामुहिक बलात्कार गरेको आरोपमा राउत र सुवेदी गत साउन ८ गते पक्राउ परेका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply