अल्फाबिटाले बिना नक्सा बनाएको संरचनामा महानगरको डोजर
९ भदौ, काठमाडौं । नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचना काठमाडौं महानगरले डोजर लगाएर भत्काई दिएको छ । महानगरका मेयर बालेन (बालेन्द्र) शाहको उपस्थितिमा नक्सा बिना बनाइएको अल्फाबिटाको अनधिकृत संरचनामा डोजर चलाइएको हो । यसअघि बिहान सोही स्थानमा पुगेका शाह र डघरबेटी द्विराज शर्माबीच सवाल जवाफमा चलेको थियो । तर नियमानुसार अवैध संरचना भत्काइने भन्दै फर्किएका बालेन बिहीबार दिउँसो पुनः डोजर लिएर भत्काउन पुगेका हुन् ।
बिहान अनुगमनका लागि पुग्दा अल्फाबिटाले भवनको अगाडिको भागमा पार्किङस्थलको साटो सटर निकालेर फार्मेसी सञ्चालन गर्न दिएको पाइएको थियो । यस्तो देखेपछि बालेनले शर्मासँग घरको नक्सा मागे । तर, शर्माले महानगरसँग होला भन्दै उल्टै बालेनसँग मागे । त्यसपछि आक्रोशमा आएका बालेनले भने, ‘तपाईको घरको नक्सा मसँग हुनुपर्छ ?’ घरबेटीले नक्सा नगरपालिकासँगै हुने र मिडिया लिएर स्टन्ड देखाउन आएको आशयसहित कटाक्ष गरे । त्यसपछि ३५ दिने सूचना देखाएर जंगिँदै बालेनले भने, ‘यत्रो नोटिस दिएको छ, यो के हो ? ३५ दिनभित्र खाली गर भनेर नोटिस दिएको छैन ?’
बालेन जंगिएपछि जनप्रतिनिधि आवेगमा नआउनू भन्दै केहीले बालेनलाई सम्झाउने प्रयास समेत गरेका थिए । बालेनले पार्किङका लागि बनाइएको बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको पाइएपछि त्यसलाई हटाउन निर्देशन दिएर फर्किएका छन् ।
तर, हट्ने छाँटकाँट नदेखिएपछि डोजर लगाएर भत्काइएको छ । एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो । यसअघि बुधबार काठमाडौं मल र न्युरोडको आरबी कम्प्लेक्स लगायतको अनधिकृत संरचनामा डोजर चलाइएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply