नेपाल र केन्याको दोस्रो खेल आज
१० भदौ, काठमाडौं । नेपाल र केन्याबीचको दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
भिसा समस्याका कारण खेलाडीहरु विभिन्न चरणमा नैरोबी पुग्नका बावजुत पनि बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएर पाँच खेलको शृंखलामा १-० को अग्रता लिइसकेको छ । बुधबार मात्रै केन्या पुगेका सोमपाल कामीले बिहीबारको खेलमा ३ विकेट लादै म्यान अफ दि म्याच घोषित भएका थिए ।
पहिलो खेलमा दोस्रो चरणमा केन्या पुगेका सोमपाल कामी र बिहीबारै बिहान पुगेका आदिल आलम पनि खेलेका थिए । कप्तान सन्दीपसहित ११ खेलाडी पहिलो चरणमै केन्या पुगेका थिए ।
बाँकी दुई खेलाडी बसिर अहमद र शाहब आलम पनि केन्या पुगिसकेका छन् । दोस्रो खेलका लागि नेपाली टिममा सबै खेलाडी उपलब्ध हुनेछन् ।
पहिलो खेल जितेपछि नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply