भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन प्रमुख श्रेष्ठसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
१७ भदौ,काठमाडौं । भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले शुक्रवार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो ।
मुगुको सोरु गाउँपालिका-४ स्थित दैरीखोला रावलबाडा तटबन्धन आयोजनाका लागि आएको तारजाली बिक्री गरी रकम हिनामिना गरेको भन्दै अख्तियारले उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो । अख्तियारले श्रेष्ठसहित सबइन्जिनियर दानबहादुर बुढ्थापा, उपभोक्ता समिति अध्यक्ष अध्यक्ष हस्तवीर दमाई, सचिव लोकजंग दमाई र कोषाध्यक्ष भीमलाल दमाई तथा सोरु ४ का तत्कालीन वडाध्यक्ष डव शाहीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार तत्कालीन कार्यालय प्रमुख श्रेष्ठ र सबइन्जिनियर बुढ्थापाले उक्त तटबन्धन आयोजनाको झुटा बिल भरपाईको आधारमा यथार्थ नापजाँच नगरी गलत नापी किताव तयार एवं कार्यसम्पन्न प्रतिवेदनलाई स्वीकृत गरी मूल्यांकन भन्दा बढी भुक्तानी दिएका थिए ।
त्यस्तै, उक्त आयोजनाका उपभोक्ता समिति अध्यक्ष हस्तवीर दमाई, सचिव लोकजंग दमाई र कोषाध्यक्ष भीमलाल दमाईले लागतअनुसारको काम नगराई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । उनीहरू प्रहरीको रहोबरमा गर्नुपर्ने आयोजना नापजाँचको मुलुल्का नक्कली बनाएको अख्तियारको दाबी छ ।
अख्तियारले तत्कालीन सोरु गाउँपालिका-४ का वडाध्यक्ष डव शाहीले आयोजनाको कामको अनुगमन नगरी हचुवाको भरमा योजना सम्पन्न गरेको भनी सिफारिस दिएको दाबी गरेको छ । वडाध्यक्षले झुठा सर्जमिन मुचुल्कामा हस्ताक्षर गरेको देखिएको प्रवक्ता भण्डारीले जानकारी दिए । उनीहरूसँग आयोजनाको १८ लाख १० हजार ८४ रुपैयाँ ९६ पैसा बराबरको रकम हानी नोक्सानी पुर्याएकाले सोही बराबरको बिगो माग दाबी लिई मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply